पुर्वाञ्चल सिंगिङ स्टार–४ बनेँ दिलेन

Posted on: 05 Feb, 2017

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । पुर्वान्चल सिंगिङ स्टार–४ को ताज तेह्रथुमको दाँगपाका दिलेनबाबु माबोहाङले जितेका छन् । पुर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा भएको पुर्वान्चल व्यापी प्रतियोगितामा माबोहाङले पुर्वका विभिन्न जिल्लाका प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । 

धरानको सैनिक भवनमा शनिबार सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा धरानकी आस्था अधिकारी दोस्रो र झापाका गायन लिम्बु तेस्रो भएका छन् । विजेत ाबनेका दिलेन बाबुले ५० हजार नगद पुरस्कार पाएका छन् भने दास्रो हुने आधिकारीले नगद २५ हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । 

प्रतियोगिताकोलागि दोश्रो पुरस्कार समाजसेवी सरिता चाम्लिङले र तेश्रो पुरस्कार देब बाँस्कोटाले प्रायोजन गरेको पुर्वाञ्चल बागिना कला केन्द्रका संयोजक भक्तिराज राईले बताए । यस अघि पहिलो पुर्वान्चल सिंगिङ स्टार तेह्रथुमकै संगम चोङबाङ, दोश्रो ताप्लेजुङकी प्रकिती थलङ र तेश्रो भोजपुरका सृजना तामाङले जितेका थिए । 

यसैबीच प्रतियोगिता अवधिभर निरन्तर समाचार सम्प्रेषण गरी सहयोग गरेको भन्दै तेह्रथुमका पत्रकार भगिश्वर लिम्बु सहित ३ जना पत्रकार पुरस्कृत भएका छन् । पुर्वान्चल वागिना कला केन्द्रले नागरिक दैनिकका संवाददाता तथा रेडियो मेन्छ्यायेमका समाचार प्रमुख भगिश्वर लिम्बु, धरानका पत्रकार रोहित राई र ब्लाष्ट टाइम्सका शेखरनाथ जोगीलाई नगद ५ हजार ५५ सहित प्रमाण पत्रले सम्मान गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!