छैठौं राष्ट्रिय खेलकुदमा स्वर्ण विजेतालाई बुर्तिबाङमा सम्मान

Posted on: 11 Feb, 2017

कृष्ण कँडेल/माघ २९, बागलुङ । न्युमोर्डन एर्कडेमी बुर्तिबाङको आयोजनामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान तथा २१ औँ बेल्ट टेस्ट कार्यक्रम विद्यालय परिसर बुर्तिबाङ बजारमा भएको छ । 

कार्यक्रममा यसअघि सम्पन्न छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दोमा स्वर्णपदक विजेता दिनेश बुढा मगर र बसन्ती बुढा मगरलाई सम्मान गरिएको थियो । 

जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष गोकुल सेरचन, सदस्य सचिव भिमसेन साक्य, जिल्ला आईटिएफ समितिका सचिव नरबहादुर क्षेत्री र खेलकुद विकास समितिका अध्यक्ष सोमबहादुर पौवि यामले मायाँको चिनो, प्रसंसापत्र र खादाले सम्मान गर्नुभएको थियो । 

सो अवसरमा यस अघि दगातुन्डाँडाको तुन्डाँडामा भएको छैठौँ धौलागिरी च्याम्पियनशिपमा आईटिएफमा टिम च्याम्पियन बनेका न्युमोर्डन एकेडेमीका खेलाडीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रम न्युमोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!