जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता प्युठानको बहानेमा सम्पन्न

Posted on: 26 Feb, 2017

शागर सर्मा | फागुन १५, प्यूठान | जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता आज बाहानेमा सम्पन्न भएको छ । उक्त प्रतयोगितामा प्रथम प्यूठान नगरपालिकाको  समुह, द्धितिय बिपिन स्टोर बाहानेको समुह  र तृतिय खवाङको समुह बनेका छन् । प्रथम हुने समुहलाई रु १० हजार बराबरको खशि प्रदान गरिएको छ भने  द्धितिय र तृतियलाई क्रमश ५ हजार र ३ हजार नगद प्रदान गरिएको आयोजकले बताएको छ ।


कोठीहिमाल बचत तथा ऋणसहकारी सस्थाको आयोजना तथा फुलवारी एकिकृत ग्रामिण विकास सस्था, पहल कार्यक्रमको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

समापन कार्यक्रमको विशेष अथिति रहनु भएको फुलवारी एकिकृत ग्रामिण विकास सस्था अध्यक्ष लोक बहादुर बस्नेतले भौगोलिक विकतता भए पनि जिल्ला मा राम्रा खेलाडिको उत्पादन भएको भन्दै खुशि व्यक्त गर्नु भएको छ । उहाँले भन्नु ‘भयो प्यूठान जल्ला पहाडी इलाकाको भएर केभो त जिल्लामा व्याडमिन्टनको राम्रो विकास भएको रहेछ । पहलका विजय केसि समाजसेवि शंकर केसि र प्यूठान नपाको विष्णु केसिले मन्तव्य राख्नु भएको थियो । 

वैदेशिक रोजगार प्रति यूवालाई सचेतना जगाउन तथा स्वदेशि उत्पादनमा बृद्धि गर्न सहज होस भनेर खेलको आयोजना गरेको आयोजकले बताएको छ । उक्त प्रतियोगितमा जिल्लाको २० तिम सहभागि बनेका थिए । समापन कार्यक्रमको अध्यक्षता सहकारी सस्थाको अध्यक्ष तिकाराम पुनको रहेको थियो भने सञ्चालन सुवास भण्डारीले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!