एक्सपर्ट स्कुल क्रिक्रेटको फाइनल अनिरुद्र र लिटिल बुद्धबिच हुने

Posted on: 03 Mar, 2017


सुरेश भट्ट/फाल्गुन २०, क्ञ्चनपुर । एक्सपर्ट स्कुल क्रिक्रेट लिगको फाइनल भोलि अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको छ ।

कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्चमा भइरहेको एक्सपर्ट स्कुल क्रिक्रेटको सेमीफाइनलमा अनिरुद्रले सनराइजलाइ र लिटिल बुद्धले  ध्रवतारालाइ हराएपछि भोलि फाइनल अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको हो ।

हिमालयन क्रिक्रेट एकेडेमीको आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको थियो । यसपछि जिल्लामा रहेका खेलाडीहरुलाइ छनोटा गरी  नेशनल एक्सपर्ट क्रिक्रेट लिग खेलाइने आयोजकले जनाएको छ ।

क्ञ्चनपुरमा आयोजना गरिएको एक्सपर्ट क्रिक्रेट लिगमा ८ टिम  रहेका थिए । कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति करन सिह पाल, प्रमुख अतिथी व्यवस्थापिकाका सासंद कृपाराम रानाले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!