विश्व क्रिकेट लिग च्याम्पियनसिप: बर्षाका कारण खेल फेरि रोकियो

Posted on: 11 Mar, 2017

फागुन २८, काठमाडौं  । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेल वर्षाका कारण फेरि रोकिएको छ । 

१०४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको केन्याले २१ दशमलव २ ओभरमा ५ विकेको क्षतिमा ८० रन बनाएको अवस्थामा खेल रोकिएको हो । केन्यालाई जितका लागि अब ४६ बलमा २४ रन चाहिएको छ । केन्या संग अब पाँच विकेट बाँकि छ ।  

केन्यासँगको खेलमा नेपालले  केन्यालाई एक सय ४ रनको लक्ष्य दिएको छ । बर्षाका कारण खेल रोकिएको खण्डमा नेपाल डर्कवर्थ एन्ड लुइस नियमको आधारमा पराजित हुनेछ । डर्कवर्थ नियममा नेपाल ५ रनले केन्याको लक्ष्यभन्दा पछाडि छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!