सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

Posted on: 16 Mar, 2017

चैत ३, काठमाडौँ । खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट प्रतियोगिता यही चैत १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । 

विभिन्न बीस टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता यही चैत १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका सचिव विनोद महर्जनले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख तथा उपविजेतालाई रु ५० हजार प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट ब्याटसम्यान र बलरले जनही १० हजार पाउनेछन् । प्रतियोगितामा ३७ खेल हुनेछन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!