कोलकाताद्वारा गुजरात १० विकेटले पराजित, गम्भिर र लिनको आइपीएलमा नयाँ रेकर्ड

Posted on: 07 Apr, 2017

चैत २६, काठमाडौँ | इन्डियामा जारी IPL-10 को आज राति भएको तेश्रो म्याचमा कोलकाता नाइटराइडर्सले गुजरात लायन्सलाई १० विकेटले पाराजित गरेको छ । १८४ रनको टारगेट पछ्याउने क्रममा कोलकाताले उक्त खेल १४.५ ओभरमै बिना कुनै नोक्सान  हासिल गर्यो । 

केकेआरको लागि दुवै ओपनर्स क्रिस लिनले अविजित ९३ रन र गौतम गंभीरले ७६ रनबनाउँदा खेलले एतिहाँसिक स्कोर रच्न सफल भएको छ । खेलमा पहिले ब्याटिङ गरेको गुजरातको कप्तान सुरेश रैना (६८*) र दिनेश कार्तिक (४७) को इनिंगको मद्धतले २० ओभरको खेलमा ४ विकेटको क्षेतिमा १८३ रन बनाएका थिए । 

खेलमा कोलकाताको लागि ओपनिंग गर्न खेलमा उत्रिएका गौतम गंभीर र क्रिस लिनले १६९ रनको पार्टनरशिप पुरा गर्दै आइपीएलको इतिहाँसमा पहिलो विकेटको लागि पार्टनरशिपको नयाँ रेकर्ड बनाएका छन् । दुवैले मिलेर आफ्नो टीमको लागि बिना कुनै विकेटको क्षेतिमा सफल पार्टनरशिपको नयाँ रेकर्ड बनाए । यस अघि कुनैपनि विकेटको क्षेती बिना भएको पार्टनरशिपको पुरानो रेकर्ड १५२ रनको थियो । जुन रेकर्ड कोलकोताले १३ औं ओभरमै तोडिदिएका छन् ।

कोलकाताको लागि सातौ ओभरमा २३ रन जोडेर लिनले आफ्नो फिफ्टी पुरा गरे भने कप्तान गंभीरले ३३ औं बलमा फिफ्टीको स्कोर पुरा गर्दै उत्कृष्ट पर्दर्शन गरे । साथै दुवै जना ओपनर्सले ४६ बलमै १०० रनको पार्टनरशिप पुरा गरे । 

खेलमा गुजरातका लागि कप्तान सुरेश रैनाले समेत फिफ्टीको स्कोर दर्ता गराए, उनले ५१ बलमा अविजित ६८ रन बनाए । रैनाले ४१ बलमा आफ्नो फिफ्टी पुरा गरेका थिए । 

खेलमा केकेआरले गुजरातलाई पहिलो झड्का ३.१ ओभरमा २२ रनको स्कोरमा लगायो । पीयूष चावलाको बलमा जेसन रोय १४ रन जोड्दै यूसुफ पठानको हातबाट क्याच भएर आउट भए । गुजरातको लागि दोश्रो झड्का ७२ रनको स्कोर हुँदा कुलदीप यादवले लगाए । त्यसको २ ओभरपछी गुजरातको तेश्रो विकेट झर्यो । १०.२ ओभरमा कुलदीपको बलमा एरोन फिंच १५ रन जोड्दै सूर्यकुमार यादवको क्याचबाट आउट भए । त्यस्तै गुजरातलाई चौथो झड्का २० औं ओभरको पाँचौ बलमा लाग्यो । खेलमा टिकेर खेलेका गुजरातका दिनेश कार्तिक ४७ रन जोड्दै कोलकाताका बोल्टका बलमार्फत सूर्यकुमारको क्याचमा आउट बने । कार्तिकले कप्तान रैनाको साथ मिलेर ८७ रनको उत्कृष्ट पार्टनरशिप गरेका थिए । 

कोलकाताका लागि कुलदीप यादवले २, पीयूष चावला र ट्रेन्ट बोल्डले १/१ विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!