आइपीएल क्रिकेट: बैंग्लोरद्वारा दिल्ली १५ रनले पराजित

Posted on: 09 Apr, 2017

चैत २७, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आज राति भएको खेलमा रोएल च्यालेनजर बैंग्लोरद्वारा दिल्ली डेएरडेभील्स १५ रनले पराजित भएको छ |   

खेलको अन्तिम ओभरमा २ विकेट गिर्दा दिल्ली खेलमा टिक्न सकेन | खेलमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा १४२/९ रनमात्र बनाउन सक्यो । आरसीबिको लागि स्टेनलेक, अब्दुल्ला र नेगीले समान २/२ विकेट लिए । 

टस जितेर पहिले ब्याटिंग गरेको बैंग्लोरको लागि केदार जाधवले सबैभन्दा बढी ३७ बलमा ६९ रन बनाए । दिल्लीको तर्फबाट क्रिस मोरिसले ३, जहीर खानले २ र कमिन्स-नदीमले १/१ विकेट लिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!