अपी बिनायक युवा क्लब सिप्टीले आयाजना गरेको भलीबल प्रतियोगिता सम्पन्न

Posted on: 09 Apr, 2017

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षक रञ्जित सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । भने बिशिष्ट अतिथिमा पुर्ब जिल्ला खेलकुद बिकास समितिका कोषध्यक्ष चन्द्र सिह धामी रहनुभएको थियो । 

७ टिमको सहभागितारहेको भलिबल प्रतियोगिताको उपाधी नौगडेश्वरी होपरिगाडले हात पार्न सफल भएको छ । भने सौकेबगर धुलीगडाले द्धतिय स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा सिप्टीको टिम तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमलाइ नगद रु ५ हजार सहित सिल्ड, मेडल प्रदान गरीएको छ । भने द्धतिय र तितृय टिमलाइ क्रमस तिन हजार र दुइ हजार नगद सहित सिल्ड, मेडल प्रदान गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!