आईपीएल क्रिकेट: मुम्बईद्वारा कोलकाता ४ विकेटले पराजित

Posted on: 10 Apr, 2017

चैत २८, काठमाडौँ | IPL-10 को सातौँ खेल अन्तर्गत गत राति भएको खेलमा मुम्बई इंडियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गरेको छ । खेलमा १७९ रनको लक्ष्य पछ्याएको मुम्बईको समुहले १९.५ ओभरमा १८० रन बनाउँदै खेल आफ्नो हातमा पारेको हो । मुम्बईको लागि नीतिश राणाले २९ औं बलमा ५० रन र हार्दिक पाण्डेले ११ बलमा २९ रन दिएका थिए । आइपीएल १० सिजनको दुई म्याचमा मुम्बईको यो नै पहिलो जीत हो । 

म्याचमा टस हारेर पहिले ब्याटिङ्ग गर्दै कोलकाताको समुहले २० औं ओभरको खेलमा १७८/७ रन बनाएको थियो । कोलकाताको लागि मनीष पाण्डेले नट आउट रही सबैभन्दा बढी ८१ र  क्रिस लिनले ३२ रन बनाए । मुंम्बईको लागि क्रुनालले ३ विकेट लिए भने मलिंगाले २ विकेट लिएका थिए ।

जवावी ब्याटिंग गरेको मुम्बईको शुरुआत निकै राम्रो रहेपनि खेलको मध्येभाग निकै निरासाजनक रह्यो । जब पहिलो विकेट गयो तब मुम्बईको स्कोर ६२ रनमा थियो । तर पहिलो विकेटपछी खेल निकै निराशाजनक रह्यो । खेलमा पहिलो विकेट लिएपछि लगातार विकेट गिर्न थाल्यो, ११९ रनसम्म पुग्दैगर्दा मुंबईको आधा समुह पवेलियन फर्किसकेको थियो । तर मुम्बई चूप लागेन, नीतिश राणा र हार्दिक पाण्डे, छैठौं विकेटको लागि १४ बलमा ४१ रनको पार्टनर सिप बनाए । जसको कारण खेल मुम्बईको लागि केहि आशा लाग्दो बन्न पुग्यो । राणा आउट भएपनि हार्दिक पाण्डेले आफुलाई सम्हालेर खेल्दा अन्तिम ओभरमा मुम्बईलाई आवश्यक ११ रनको स्कोर जोड्दै आफ्नो टिमलाई जिताउन सफल बने ।

नीतिश राणाले आफ्नो इनिंगमा ५ चौका र ३ छक्का हानेका थिए । उनि आफ्नो शानदार ब्याटिंगका कारण खेलको म्यान अफ द ब्याच समेत बन्न पुगे 

यस बिषयमा तपाइको प्रतिक्रिया...!