१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता बैशाख २५ गतेदेखि सुरु हुने

Posted on: 05 May, 2017


कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भएको छ । 

मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा बर्षेनि प्रतियोगिता हुदै आएको छ । यस वर्ष पनि ओलिगाउको प्रतियोगिता जिल्लाकै ठुुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । 

यस वर्ष उपाधि जित्ने टिमले नगद ३६ हजार, ६ सय ६६ रुपैया र प्रमाणपत्र हात पार्ने छ । यस अघि गत वर्ष ३५ हजार धनराशिको प्रतियोगिता भएको थियो । मंगला बिकास क्लबको ओलिगाउको आयोजनामा २०६२ सालबाट ९ हजार राशिबाट सुरु भएको प्रतियोगिता १० औँ सम्म पुग्दा ३६ हजार पुरयाईएको क्लबका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । अहिले प्रतियोगिता सफल पार्न सहभागि छिमेकी क्लबलाई पत्राचार तथा मैदान ब्यावस्थापनको काम भईरहेको उहाँले बताउनु भयो । 

यसपालिको प्रतियोगितामा पनि विगतका बर्ष झै जिल्लाका १६ भन्दा बढी टिमको सहभागिता रहने प्रतियोगिता प्रचार प्रसार सँयोजक कमल रावलले बताउनु भयो । रावलका अनुसार यस वर्ष प्रतियोगिता विगतका वर्ष भन्दा फरक रहने बताईएको छ । 

यसअघि अछाम भित्रै रहेका युवा खेलाडीको प्रतिभा मात्र देख्न पाईन्थ्यो भने यस वर्ष थुप्रै क्लबाट कैलाली र कञ्चनपुुरबाट क्षेत्रिय स्तर सम्म खेल खेलि सकेका खेलाडी सहभागि हुने बताईएको छ । 

यसपालिको प्रतियोगितामा यसअघि तिन तिन वटा प्रतियोगिता जितिसकेका आयोजक मँगला बिकास क्लब ओलिगाउ, टँक स्मृती क्लक जुपु तथा दिपक युवा क्लब कालिका र रिडिकोट युुवा क्लब रिडिकोट प्रमुख उपाधि दाबेदार रहन सक्ने क्रिकेट प्रेमिको बुझाई रहेको छ ।

यो ४ वटै टिमबाट कैलाली र कञ्चनपुर क्षेत्रका क्षेत्रिय स्तरका खेलाडी सहभागिता जनाउने छन । प्रतियोगिता सफल पार्नका लागि भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुष्प किराना पसल, सुरेश किराना पसल र जनज्योति बोडीग स्कुल ओलिगाउले सह प्रायोजकको भुमिका निर्वाह गरि रहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!