जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली फाईनल, कालिका सेमिफाईनलमा

Posted on: 19 May, 2017

कमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ । 

पहिलो सेमिफाईनल खेलमा नयाँतारा कला सागर मगलसेनलाई ५७ रनले पराजित गर्दै कर्णाली फाईनलमा पुगेको हो । पहिले ब्याटिग गरेको कर्णालीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा १ सय रन लक्ष्य लिएर मैदानमा उत्रेको नयाँतारा १२ ओभर खेलेर ४२ रनमा समेट्एिको थियो । कर्णालीका लागि ब्याट्सम्यान टिकाराम पालले ४ छक्का र २ चौकाको मद्दतले ४२ रनको पारि खेलेका थिए । त्यस अघि क्वाटरफाईनल खेलमा टँक स्मृति युवा क्लब जुपुुलाई ४ विकेटले पराजित गर्दै दिपक युवा क्लब कालिका सेमिफाईनलमा प्रबेश गरेको छ । 

पहिले व्याटिग गरेको जुपुले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६४ रन बनाएको थियो । जवाफमा कालिकाले ९ ओभर ३ बल खेलेर ६विकेट गुमाएर जित हासिल गरेको थियो । कालिकाका लागि दिपक रावलले १ छक्काको मद्दतमा २२ बलमा २७ रनको पारि खेलेका थिए । अब फाईनल प्रबेशका लागि दिपक युवा क्लब कालिकाले आयोजक ए स्टार युवा क्लब मँगलसेनसँग भोलि बिहान ८ बजे प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका कट्क थापाले बताउनु भयो । 

प्रतियोगिताको फाईनल खेल पनि भोलि १ बजे हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!