आइपिएलको फाइनल खेल: उपाधिका लागि मुम्बई इन्डियन्सले पुणेसँग भिड्ने

Posted on: 20 May, 2017


जेठ ६, काठमाडौं । कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै दुई पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईले कोलकतालाई पराजित गरेको हो । 

मा चिन्नास्वामी रंगशाला बैंगलुरुमा शुक्रबार कोलकत्ताले दिएको १०८ रनको झिनो लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि क्रुणल पण्ड्याले ४५ रनको अविजित पारी खेलेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले १८.५ ओभरमा १०७ रनमै समेटियो । उसका लागि सूर्यकुमार यादवले ३१ र इशांक जाग्गीले २८ रन बनाउनुबाहेक अन्यले खासै रन बनाउन सकेनन् । उसका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बईका करन शर्माले ४, प्रित बुम्राहले ३ र मिचेल जोन्सनले २ विकेट लिए । भेट्रान बलर लसिथ मालिंगाले पनि १ विकेट लिए । ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका करण शर्मा खेलको म्यान अफ द म्याच भए । जसप्रिततले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए ।

अब आइपिएलको दशौं सिजनको फाइनल मुम्बई र पुनेबीच हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार हुनेछ । समूह चरणका दुई खेल र पहिलो क्वालिफायरसमेत गरी जारी प्रतियोगितामा मुम्बईले पुणेलाई पराजित गर्न सकेको छैन । यसर्थमा फाइनल खेल मुम्बईका लागि बदला लिने अवसर हुनेछ भने तेस्रो पटक आइपिएल उपाधि हासिल गरी कीर्तिमान बनाउने अवसर पनि हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!