डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट: लिटील फ्लावर र ऐश्वर्या फाईनलमा

Posted on: 07 Jun, 2017


जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । 

धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगीता अन्तरगत आज भएका २ वटा सेमीफाईनलको खेलमा दुवै टोलीले जित हात पार्दै फाईनल सम्मको यात्रा तय गरेका हुन् । आज भएको पहिलो सेमीफाईनलको खेलमा लिटील फ्लवारले ग्ली एकेडेमीलाई ४१ रनले पराजीत गरेको छ । 

टस जितेर व्याटीङ गरेको लिटील फ्लवारले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउदै १ सय २७ रन बनायो । लिटील फ्लावरका लागी किसोर सिहले २५, अनिल थापाले २० तथा भरत सिहले १४ रनको योगदान दिए भने ३७ रन अतिरिक्त पाएको थियो । बलीङमा ग्ली एकेडेमीका लागी राजु कुँवर र रोहन विष्टले २/२ विकेट लिए । १ सय २८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमीले २० ओभरमा ६ विकेट गुमाउदै ८६ रन मात्रै बनाउनसक्यो । ग्ली एकेडेमीलाई पराजीत गर्ने क्रममा लिटील फ्लावरक अनिल थापाले २ विकेट लिए । एक विकेट र महत्वपुर्ण २० रन बनाएका लिटील फ्लावरका किसोर सिह म्यान अफ द म्याच घोषीत भए । 

आजै भएको दोश्रो सेमीफाईनलको खेलमा ऐश्वर्या विद्या निकेतले एक्सीस विद्या आश्रमलाई ६ विकेटले पराजजजीत गरेको छ । टस जितेर व्याटीङ गरेको एक्सीसले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै ८३ रन बनायो । एक्सीसका लागी अम्रित रावतले २८ तथा सौनक मल्लले १३ रनको योगदान दिए । 


बलीङमा ऐश्वर्याका माधव ठगुन्ना र विमल कठायतले समान २÷२ विकेट लिए । ८४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्याले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । उसका लागी प्रविन जोशीले १९, उपेन्द्र थापाले १४ तथा सुवाश खाती १३ रन बनाए । 

खेलका म्यान अफ द म्याच ऐश्वर्याका विमल कठायत भए । फाईनल खेल भोली विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्धितीय हुनेलाई १५ हजार सहित ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको छ । 

यस्तै प्रतियोगीतामा उत्कृष्ट ५ जना खेलाडीलाई धनगढी क्रिकेट एकेडेमीले शत प्रतिशत छात्रवृतीमा क्रिकेट प्रशिक्षण गराउने जनाएको छ । नवराज पनेरुको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!