अर्जेन्टिनामा फुटबल स्टार मेस्सीको विवाह

Posted on: 01 Jul, 2017

असार १७, एजेन्सी | अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । 

३० वर्षका मेस्सीले आफ्नी बाल्यकालदेखिकी साथी तथा प्रेमिका एन्टोनिला रोकुज्जोसँग विवाह गरेका हुन् । विवाह समारोह रोसारिओको लक्जरी होटलमा भएको छ । विवाह समारोहमा दुई सय ६० पाहुना सहभागी भएका छन् । 


यस्तै सयौं प्रहरी तथा सुरक्षाकर्मी घटाइएको छ । मेस्सी र एन्टोनिला बिच मेस्सी स्पेन आउनु भन्दा पहिले नै भेट भएको थियो, त्यसबेला उनी १३ वर्षका थिए । नेपाली समय अनुसार शुक्रबार राति भएको विवाह समारोहमा बार्सिलोनाका खेलाडीहरु लुइस स्वारेज, नेइमार, जेराड पिके र उनकी प्रेमिका गायिका साकिरा सहभागी भएका छन् । 

मेस्सी र एन्टोनिलाका दुई छोरा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!