उपत्यकाव्यापी कराँते किक बक्सिङ प्रतियोगिता

Posted on: 12 Sep, 2017

भदौ २७, भक्तपुर। चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौँ उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता शनिबारदेखि हुने भएको छ । 

‘संवाहक डट कम’ले आयोजना गर्ने प्रतियोगिता यही भदौ ३१ गते हुनेछ । बीसदेखि ६० केजीमाथि तौल समूहका पुरुष तथा २० केजीदेखि ५५ केजी तौलसम्मका महिला गरी १९ खेल हुने कार्यक्रमका संयोजक सञ्जीव दुलालले जानकारी दिनुभयो । 

किक बक्सिङमा पुरुष र महिलातर्फ ४५, ५० र ५५ केजी तौल समूहमा तथा काटातर्फ एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने छ । प्रतियोगिता डब्लु के एफको नियमनुसार खेलाइने रेफ्री संयोजक रामशरण त्वतीले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!