हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को-को छन् टिममा ?

Posted on: 18 Sep, 2017

असोज २, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । 

पारस खड्का कप्तान रहेको १४ सदस्यीय नेपाली टोलीमा बलरहरुको हावी छ । बसन्त रेग्मी भेट्रान स्पीनर छन् भने सोमपाल कामी र करण केसी फास्ट बलर छन् । यस्तै सन्दिप लामिछाने र सुशन भारी बलरमै छन् ।

त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको टोलीमा शदर भेषावकर, सागर पुन, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी छन् । 

नयाँ अनुहारका रुपमा ललित भण्डारी र सुशील कँडेल छन् । जस मध्ये ललित भण्डारी लेफ्ट आर्म मिडियम पेश र सुशील कँडेल लेफ्ट आर्म स्पीनर हुन् ।

त्यस्तै जितेन्द्र मुखिया, नरेश बुढायर, मेहबुब आलम र कुसल भुर्तेल भने बैकल्पिकमा परेका छन् ।

1. Paras Khadka (Captain)
2. Gyanendra Malla (Vice Captain)
3. Sharad Vesawkar
4. Basant Regmi
5. Sagar Pun
6. Sompal Kami
7. Binod Bhandari
8. Karan KC
9. Sandeep Lamichhane
10. Dipendra Singh Airee
11. Sushan Bhari
12. Aarif Sheikh
13. Lalit Bhandari
14. Sushil Kandel

यस बिषयमा तपाइको प्रतिक्रिया...!