दार्चुलामा मेयरकप फुटबल प्रतियोगिता सुरु

Posted on: 21 Sep, 2017

असोज ५, दार्चुला । खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ । 

नगरपालिका प्रमुख हंसराज भट्ट र प्रमुख जिल्ला अधिकारीले संयुक्तरुमा शुभारम्भ गरेपछि शुरुभएको खेलमा प्रमुख जिल्ला अधिकारी समूहले महाकाली नगरपालिका प्रमुख समूहलाई एकका बिरुद्ध चार गोलले हराएको थियो । 

नगर प्रमुख भट्टले स्वास्थ्य र विकासका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

प्रजिअ गौतमले खेलकुदका माध्यमबाट अनुशासित र स्वस्थ्य जनशक्ति निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । सो प्रतियोगितालाई रनिङ शिल्डको रूपमा परिणत गरी प्रत्येक वर्ष यस्ता प्रतियोगिता आयोजना हुनुपर्नेमा उहाँले जोड दिनुभयो 

पुरस्कार राशि रु ५५ हजार ५५५ रहेको सो प्रतियोगिता यही असोज १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!