प्रथम दूधे गोल्ड कप: एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

Posted on: 23 Sep, 2017


असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको ३६ औं मिनेटमा एपीएफका लागि युवराज खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । श्याम नेपालीको क्रस पासलाई सदुपयोग गर्दै खड्काले बललाई जाली चुमाएका थिए । मध्यान्तरअघि एक गोलको अग्रता लिएको एपीएफले मध्यान्तरपछि पनि रुपन्देहीविरुद्ध दबाब कायमै राख्यो । 

दोस्रो हाफको १६ औं मिनेटमा खड्काले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको २३ औं मिनेटमा रुपेन्देहीका विदेशी खेलाडी जुलिडले सान्त्वना गोल फर्काए । खेल मैदानको मध्य भागबाट प्रहार गरेको फ्रि–किक गोल रक्षक राज नगरकोटीको हातबाट फुत्किएपछि गोल भएको हो ।

खेलको २२ औं मिनेटमा एपीएफका हरि कार्कीले खाली पोष्टमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । ३१ औं मिनेटमा युवराज खड्काले गरेको प्रहार रुपन्देहीका गोल रक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका थिए । ३३ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा जुनिडले गोल गर्ने उत्कृष्ट अवसर खेर फाले ।

खेल अवधिभर रेफ्री प्रकाशनाथ श्रेष्ठले रुपन्देहीका २ र एपीएफका १ जना खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । खेलमा दुई गोल गरेका एपीएफका युवराज खड्का खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए ।  

सेमिफाइनल समिकरण अन्तरगत आइतबार हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड, काठमाडौं र मोरङ–११ बीच ष्पर्धा हुँदैछ । शनिबार जितेर सेमिफाइनमा पुगेको एपीएफको हिमालयन शेर्पासँग सोमबार प्रतिष्पर्धा हुने खेल आयोजक समितिका आर्थिक विभाग प्रमुख यामनाथ काफ्लेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!