टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित

Posted on: 26 Sep, 2017


विजय थापा/असोज १०, अमेरिका l टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l 

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान गरिएको हो l 

गत सेप्टेम्बर २३ तारिखमा सम्पन्न खेलमा क्यर्लिफोर्नियाको सन्निभेल टोलीले डीएफडब्लु हिमालयजलाई  ४ -० ले हराउदै बिजेता भएको छ l उक्त प्रतियोगिता मा सर्बोत्कृष्ट खेलाडी सुरज थापा भएका छन् भने रिजेन श्रेष्ठ अत्यधिक गोल गर्ने खेलाडी भएका छन् l 

हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेको र यस बर्ष चर्चित पूर्व राष्ट्रिय अग्र पंक्तिका खेलाडी चौधरीलाई आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल टिमले सम्मान गरेको छ l चौधरी उक्त खेलका प्रमुख अतिथि रहेका थिए भने उनले बिजेता समुहलाई पदक तथा पुरस्कार समेत वितरण गरेका थिए l 

टोली व्यवस्थापक बिनोद बिष्टले समग्रमा प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोमा प्रायोजक ,स्वयमसेवक ,पदाधिकारी ,खेलाडी ,संचार माध्यम तथा समर्थकलाई बिशेष धन्यबाद ज्ञापन गरेका छन् l उक्त प्रतियोगितामा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भकुण्डो प्रशिक्षक उमेश प्रधान तथा नेपाल का पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी तथा सामाजिक कार्यकर्ता धिरेन गुरुङ्ग ले बिजयी खेलाडी हरुलाई बधाई दिएका थिए l 

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा ६ बर्ष देखि लगातार खेलाई रहेको छ l प्रथम हुने बिजयी टोलिलाई $ १ हजार ५ सय डलर नगद तथा पुरस्कार र द्वितीय हुनेलाई $ ७ सय डलर नगद तथा पुरस्कार सहित जम्मा $ २ हजार ३ सय डलर बराबर को नगद प्रदान गरियो l 

ड्यालस गोर्खाज फुटबल टोलि का प्रबन्धक बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l 

यस बिषयमा तपाइको प्रतिक्रिया...!