प्रथम रामग्राम मेयर कप प्रतियोगिता नवलपरासीमा शुरु

Posted on: 04 Oct, 2017

असोज १८, नवलपरासी । नवलपरासीमा प्रथम रामग्राम मेयर कप २०७४ फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । 


साझा युवा क्लाबद्धारा आयोजित यो प्रतियोगिता परासीमा शुरु भएको हो । खेलमा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम यस खेलमा सहभागिता लिएको छ । युवा क्लबका संयोजक सर्वेश जयसवालको अध्यक्षतामा भएको प्रतियोगिताको औपचारिक कार्यक्रमको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि एवं रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले बल रेफरीलाई हस्तान्त्रण गरि खेलको उद्दघाटन गरेका थिए ।

प्रतियोगिता खेलको प्रथम हुने टिमलाई एउटा कप, प्रमाण पत्र र ५५ हजार ५ सय ५५ रुपिया नगद पुरुस्कार वितरण गरिने छ भने प्रतियोगिता दोश्रो हुने टिमलाई एउटा कप, प्रमाण पत्र र ३३ हजार ३ सय ३३ रुपिया नगद पुरस्कार वितरण गरिने क्लबका संयोजक सर्वेश जयसवालले बताए । 

कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र कुमार गुप्ता, उपमेयर रम्भा कुँवर, अतिथि एवं नेपाली कांग्रेस उपसभापति अर्जून कुमार पोख्रेल लगायतले खेल आजको आवश्यक्ता रहेको बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!