खोटाङको नुनथलामा पुरुष भलिवल प्रतियोगिता हुने

Posted on: 05 Oct, 2017

चिसाङ शेर्पा/असोज १९, खोटाङ । खोटाङको नुनथला युवा सेवा समाज नुनथलाले साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । 


तिहारको उपलक्ष्यमा रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भित्रका साविकका ९ वडाहरुमा रहेका युवा तथा खेलकुदप्रेमीहरुका लागि भलिवल प्रतियोगिता गर्ने भएको हो । 

जालपा मा.विको प्राङगणमा विहीवार भएको छलफलले आगामी असोज ३० गतेवाट जालपा माध्यमिक विद्धालयको खेल मैदानमा भलिवल प्रतियोगिता गरिने निर्णय भएको नुनथला युवा सेवा समाजका अध्यक्ष शुक्र तामाङले बताउनु भयो । तामाङका अनुसार प्रतियोगिताका प्रथम विजयी टिमले पाँच हजार, द्धितिय तीन हजार र तृतिय विजयी टिमले दुई हजार नगद पुरस्कार पाउने छ ।

‘तिहार लक्षित गरी सञ्चालन हुने भलिवल प्रतियोगिता कार्तिक १ मा समापन हुनेछ । सोही दिन साँझवाट साँस्कृतिक कार्यक्रम अन्तरगत साविकका वडाहरुको नृत्य प्रतियोगिता समेत हुने युवा सेवा समाजका उपाध्यक्ष लक्ष्मण राईले जानकारी दिनुभयो । नृत्यमा संलग्न टिमहरुलाई भने दामासाही रुपमा सम्मान गरिने राईको भनाई छ ।’

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!