होलेसुङ–जनकराज गोल्डकपमा शनिवार तीन टिमको विजयी सुरुवात

Posted on: 08 Oct, 2017

चिसाङ शेर्पा/असोज २२, खोटाङ । होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको दोस्रो दिन शनिवार तीन टिमले प्रतिस्पर्धा गरेका छन् । 


साकेला सिली फुटबल क्लब दुर्छिमको खोटाङको आयोजनामा हलेसी तुवाचुङ नगरपालिका पाँचमा सञ्चालन भईरहेको फुटवल प्रतियोगितामा चुमाखु फुटवल क्लव–नवलपुर युवा क्लव र महाविर फुटवल क्लव– साईनो फुटवल क्लव तथा साकेला शिली फुटवल क्लव ‘वि’–किराँत सेवा समाज क्लबविच प्रतिस्पर्धा भएको थियो । 

हलेसीस्थित कृष्णराम–मोतीप्रसाद राई रंगशालामा भएको खेलमा चुमाखु फुटवल क्लवले नवलपुर युवा क्लवलाई ९ शुन्य, महाविर फुटवल क्लव छापडाडाँद्धारा साईनो युवा क्लबलाई ५–१ तथा १ का विरुद्ध ४ गोल अन्तरले साकेला शिली ‘वि’ ले किराँत सेवा समाज क्लवलाई पराजित गरेको छ । 

नगरपालिका भित्रको ठुलो धनराशी भएको गोल्डकप आगामी २६ गते समापन हुने खेलका प्रथम विजयी टिमले रनिङ कपका साथमा नगद ५० हजार, दितीय २५ हजार र सेमिफाईनलमा पराजित दुई टिमले नगद दश/दश हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै, खेलमा उत्कृष्ट गोल किपर, गोलकर्ता, डिफेण्डर, मिड फिल्डर, स्ट्राईकर, कोच र छोटो समयका गोल कर्तालाइ जनही दुईदुई हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उतm पुरस्कार ‘अमृता अदिलसेर राई मुइमा लाम वेष्ट’ नामक वेस्ट अवार्डले प्रदान गर्नेछ । 

२१ टिमको सशभागिता रहेको गोल्डकप अन्तरगत आईतवार ओम शिवशक्ति हलेसी, रुपाकोट मझुवागढी नगरपालिका बुईपा तथा साकेला गाउँपालिका रतन्छा र छिप्ती युवा क्लव वुईपाविच खेल हुने आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!