अछाममा जिल्ला स्तरिय क्रिकेट प्रतियोगीता सुरु

Posted on: 09 Oct, 2017

अछाम २३, असोज । अछामको रिडीकोटमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सोमवार बाट सुरु भएको छ । 

दिउसो भएको उदघाटन खेलमा किर्डन गार्डेन एकेडेमी साफेबगर विजयी भएको छ । रिडीकोट युवा क्लब बि लाई साफेबगरले ९१ रनको फराकीलो अन्तरले पराजित गरेको हो । ट्स जितेर पहीले ब्याटिग गरेको साफेबगरले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतीमा १ सय २३ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याएको रिडीकोट बि ले ५ ओभरमा अल आउट हुदै ३२ रन मात्र जोडन सक्यो । 


साफेबगरका लागी आकाश चौधरीले ४३ र बिकास थापाले २३ रनको पारी खेलेका थिए । प्रतियोगितको दोस्रो खेल मंगलवार बिहान ८ बजे बयापलाटा युथ क्लब र बाजुरा बिच हुने आयोजक अछाम क्रिकेट संघका उपाध्यक्ष कमल रावलले बताए । 

अछाम सहित छिमेकी जिल्लाहरुवाट गरि जम्मा १२ वटा क्रिकेट टिमको सहभागीता रहेको प्रतियोगिताको उदघाटन साफेबगर नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष मिठु भाटले एक कार्यक्रमका बिच गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!