हङकङविरुद्ध बलिङ गर्दै नेपाल, ४ विकेट लियो [LIVE VIDEO]

Posted on: 13 Oct, 2017

असोज २७, काठमाडौँ | विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको नेपालले  हङकङलाई निकै दवाबमा राखेको छ ।

नेपालले अहिलेसम्म ४ विकेट लिएको छ, जसलाई कमेन्टरहरुले राम्रो सफलता मानेको छ । 

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालले सफलता हाँसिल गरेमा तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्नेछ । तर यदी खेल हारेको खण्डमा नेपाल डिभिजन–२ मा झर्नेछ । तर डिभिजन–२ मा पनि शीर्ष दुईभित्र पर्न सकेको खण्डमा नेपालले एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ । 

अही डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ भने नेपालभन्दा हङकङ ११ अंकसहित १ स्थान माथि छ ।

हेर्नुहोस् नेपाल vs हङकङको खेल लाइभ भिडियो :


यस बिषयमा तपाइको प्रतिक्रिया...!