हङकङद्वारा नेपाल पराजित , डिभिजन टू मा घटुवा हुने सम्भावना

Posted on: 13 Oct, 2017

असोज २७, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने दवाबमा आज हङकङसँग खेलेको नेपाल ८३ रनले पराजित भएपछी डिभिजन टू मा घटुवा हुने सम्भावना देखिएको छ । 

अब आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । अब नेपालको भाग्य हङकङ र केन्याको हातमा छ । अब हुने सबै खेल हङकङ र केन्याले हारेको खण्डमा मात्र नेपाल डिभिजन २ मा उक्लिनेछ । 

शुक्रबारको खेलमा हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४ ओभर ५ बलमा १११ रनमा अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१ र बिनोद भण्डारी १८ रनमा आउट भए । त्यस्तै सोमपाल कामीले ११ रन जोडे ।

बसन्त रेग्मी, करण केशी र सन्दीप लामिछाने शुन्य रनमा आउट हुँदा सुसन भारीले १ रन मात्रै जोड्न सके । सागर पुन र दिपेन्द्र सिंह ऐरी ३-३ रन बनाएर आउट भए। हङकङका इसान खानले ५ र अजिज खानले ३ विकेट लिए भने कार्ल क्रिस्टी र तानविर अफजलले १-१ विकेट लिए।

टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो। सुरूवाती ब्याट्सम्यान जेमी अट्किन्सनले ७६ रनको योगदान गरे भने ३८ रन बनाएका तानविर अफजलले उनलाई साथ दिए। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ तथा सुसन भारीले १ विकेट लिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!