एसिसी यु १६ क्रिकेट: मलेसियालाई ७२ रनले हराउँदै नेपाल फाइनलमा

Posted on: 16 Dec, 2017

पुष १, काठमाडौं । नेपाल १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 

नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी भएको हो । 

मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको हो । 

नेपालका प्रतिश जिसिले २५, विशाल विक्रम केशीले १५ तृतराज दाशले १३, राज मगर र ऋत गौतमले ११ रन बनाएका छन् । नेपालले अब फाइनलमा सिंगापुरसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!