महिला साफ च्याम्पियनसिप: नेपाल बंगलादेशसँग ६–० ले पराजित

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौँ (रासस) | यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । 

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । 

मोगिनीले खेलको १३ औं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् । 

यस्तै, खातुनले खेलको ६९औं र ७२ औं  मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । 

अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्यो । 

नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!