आईसीसीले किन गर्दैछ नेपाली क्रिकेटलाई ब्याण्ड

Posted on: 05 Jan, 2018

पुस २१, काठमाडौँ | नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यानलाई आईसीसीले ब्याण्ड लगाउने भएपछी नेपाली क्रिकेटको शाख गुम्ने भएको छ । 

संघमा चरम राजनीतिक हस्तक्षेप, पदको लोभ, स्टर्लिङ पाउण्डमाथिको लुछाचुँडी, आफ्नाहरुलाई नै पदमा राख्नु पर्ने जस्ता घिनलाग्दो खेलले संघनै बद्नाम भएको अवस्थामा आइसीसीले नेपाललाई ब्याण्ड लगाउन सक्ने भएको छ ।

बिबिध कारण देखाउंदै आइसीसीले नेपालको क्रिकेटलाई गत बर्षको वैशाखमा निलम्बन समेत गरिसकेको छ तर पनि आइसीसीले नेपाललाई बिभिन्न प्रतियोगितामा भाग लिन  भने दिदै आएको छ ।

आइसीसीले पटक-पटक विवाद मिलाउन र क्रिकेटमा राजनीति नगर्न भन्दै बारम्बार आग्रह गर्दा पनि नेपालले उसलाई अटेर गरिरहेको छ । आइसीसीको आदेशलाई अटेर गरेकै कारण नेपालको क्रिकेटलाई नै ब्याण्ड लगाउन सक्ने स्थिति देखा परेको छ । 

आइसीसीले नेपालसँग स्पष्टीकारण माग्दै डिसेम्बर २२ मा पत्र समेत पठाईसकेको छ । उसले 'तिमीहरुको सदस्यता कायम राख्नु पर्ने कारण के ?' भन्दै स्पष्टिकरण मागेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!