क्षेत्रीय तेक्वान्दो प्रतियोगिताको उपाधि ललितपुरको पोल्टामा

Posted on: 12 Jan, 2018

पुस २८, हेटौंडा । धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताको लागि मकवानपुरमा आयोजित क्षेत्रीय तेक्वान्दो प्रतियोगिताको उपाधि तलितपुरले हात पारेको छ ।

राखेप च्याम्पीयनसिप–०७४ अन्तरगत नेपाल तेक्वान्दो संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ५ स्वर्ण, ४ कास्य र ६ रजत पदक सहित ललितपुरले उपाधि हात पारेको हो ।

प्रतियोगितामा काठमाण्डौं द्धितिय भएको छ । काठमाण्डौंले ४ स्वर्ण, ४ कास्य र २ रजत पदक हात पा¥यो । प्रतियोगितामा ४ स्वर्ण, १ कास्य र २ रजत पदक हात पारेको बारा तृतिय भएको छ । 

प्रतियोगितामा ललितपुरका जिवन लामा र चितवनका प्रेरणा भूजेल उत्कृष्ठ फाइटर घोषित भए । स्पर्धा अन्तरगत पुरुष ५४ केजी तौल समुहमा काठमाण्डौंका शहदेब भुजेल प्रथम र बाराका दिनेश तामाङ द्धितिय भए । 

५८ केजीमा बाराका सुरेन्द्र कुँबर प्रथम, ललितपुरका जिवन लामा द्धितिय, ६३ तौलमा काभ्रेका बिबेक बस्नेत प्रथम, चितवनका सुमित महत्तो द्धितिय, ६८ तौलमा ललितपुरका साजन महर्जन प्रथम, काठमाण्डौंका सुजन तामाङ द्धितिय र ७४ तौलमा ललितपुरका दिनेश सुनार प्रथम र चितवनका शौरब सिंह द्धितिय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने मात्र राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउँने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत भएको महिला ४६ केजी तौल समुहमा मकवानपुरकी बिनिता खातिबडा प्रथम, धादिङकी रोशनी श्रेष्ट द्धितिय भइन् । 

४९ केजीमा बाराकी बन्दना कुँवर प्रथम, काठमाण्डौंकी रश्मी तामाङ द्धितिय, ५३ तौलमा भक्तपुरकी शुस्मीता लामा प्रथम, प्रेरणा भुषाल द्धितिय, ५७ केजीमा बाराकी उमा थापा मगर प्रथम, भक्तपुरकी रुकु खैजु द्धितिय र ७० केजीमा बाराकी अस्मिता रिजाल प्रथम भइन् । 

प्रतियोगिताको हेटौंडा उपमहानगर पालिकाका प्रमुख मेयर हरीबहादुर महतले तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक ध्रुर्व गुरुङलाई चेष्ट कभर र हेर्ड गार्ड हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । 

प्रतियोगितामा बिजयी खेलाडिलाई संघका क्षेत्रीय अध्यक्ष मदनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक नारायणसिं थिङले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको सहआयोजक ७ नम्बर खेलकुद बिकास समिती रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!