मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

Posted on: 15 Jan, 2018

माघ १, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । 

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो । 

मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट इच्छुक फुटबल टोलीले सहभागिता जनाउने कार्यक्रम संयोजक सुरेन श्रेष्ठले बताउनुभयो । 

माघ ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि अहिलेसम्म सात टिमले सहभागिता जनाएको र सहभागिताको लागि टिम आउने क्रम जारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रमा प्रथम, द्धितीय, तृतीयलाई शिल्ड, मेडल प्रमाणपत्रसहित क्रमशः नगद रु ६० हजार, ३५ हजार र १५ हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । 

साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डरसहित सर्वाधिक गोलकर्तालाई कप प्रमाणपत्रसहित नगद रु तीन हजार प्रदान गरिने क्लबले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!