आइपीएल: उनादकट भारतकै महंगा खेलाडी, बेन स्टोक्स १२.५ करोडमा किनिए

Posted on: 28 Jan, 2018

माघ १४, काठमाडौँ | भारतको ख्यातीप्राप्त खेल IPL को ११ औं सिजन ६ अप्रिलदेखि शुरु भएर २७ मेसम्म चल्नेछ । ६ अप्रिलमा मुम्बईमा नयाँ सिजनको उद्घाटन हुनेछ ।

यसै दौरान बिभिन्न टिममा बिदेशी तथा स्वदेशी खेलाडीहरु भित्र्याउने क्रम जारी छ । यो पटकको आइपिएलमा जयदेव उनादकट सबैभन्दा महँगो भारतीय खेलाडी सावित भए । उनलाई आइपीएलमा ११.५ करोड भारतीय मूल्यमा राजस्थानको टीमले किनेर आफ्नो पक्षमा पारेको छ । त्यस्तै २० लाखको बेस प्राइस मानिएका गौतम कृष्णप्पा ३१ गुना धेरै मूल्यमा बिके । यस अघि शनिवार भएको पहिलो अक्शनमा कुल ७८ क्रिकेटर्सलाई अलग-अलग टीमले करीब ३२१ भारतीय मूल्यमा किनेका छन् । यसक्रममा बेन स्टोक्स आइपीएलमा सबैभन्दा महंगा भएका छन् । उनलाई राजस्थान रोयल्सले १२.५ करोडमा किनेको हो ।


त्यस्तै आइपीएलमा अष्ट्रेलियाका खेलाडी एन्ड्रु टाई ७.२ करोडमा किनिएका छन् । उनलाई किंग्स ईलाभेन पन्जाबले किनेको हो ।  

त्यस्तै इंग्ल्यान्डका खेलाडी बेन स्टोक्स १२.५ करोडमा राजस्थान रोयल्समा अनुबन्धित भएका छन् । त्यस्तै दिल्ली डेयरडेविल्सले ग्लेन म्यक्स्वेललाई ९ करोडमा किनेको छ भने अफगानी खेलाडी रासिद खानलाई ९ करोडमा सनराइजर्स हैदरावादले किनेको छ । त्यस्तै मिशेल स्टारकलाई ९.४ करोडमा कोलकाता नाइट राइडर्सले आफ्नो टिममा अनुबन्ध गरेको छ । 

त्यस्तै महंगा भारतीय क्रिकेटरमा मनिष पाण्डे ११ करोडमा सनराइजर्स हैदरावादमा अनुबन्धित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!