नेपाल र युएईको खेल समयमा शुरु हुँन सकेन, यस्तो छ कारण

Posted on: 11 Feb, 2018

 माघ २८, काठमाडौँ | आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन । 

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजेर १५ मिनेटमा शुरु गर्ने भनिएको थियो । दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ । डिभिजन–२ का शीर्ष दुई स्थानमा रहनका लागि दुवै टोलीलाई खेल जित्नै पर्ने दवाव छ । 

दुवै टोलीले दुई दुई अंक जाडेका छन् । यसअघि दुई दुई खेल खेलेका दुवै देशले एक खेलमा जीत तथा एक खेलमा हार बेहोरी समान अङ्क छ । नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटले हार ब्यहोरेको थियो । त्यस्तै युएईले केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!