नेपालद्वारा यूएई ४ विकेटले पराजित, पारसको अर्धसतक

Posted on: 11 Feb, 2018

माघ २८, काठमाडौँ | आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू मा यूएईविरुद्धको खेलमा नेपाल बिजयी भएको छ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत आइतबार सम्पन्न समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराएको हो।

 खेलमा टस जितेर पहिले फिल्ड रोजेको नेपालले युएईलाई ३१ ओभरमै अल आउट गरेको थियो | ११५ रनको लक्ष्य लिएर ब्याटिसिङ्गमा उत्रिएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरे ।

पारसले ४२ बलमा ३ चौका र ५ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन् । १० रन जोड्दा २ विकेट गुमाएको नेपालको पारी कप्तान पारसले सम्हालेका थिए । 


यो जितसँगै नेपालको समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!