करण केसीको बिष्फोटक ब्याटिङले क्यानडा पराजित, नेपालले विश्वकप छनोट खेल्ने पक्का

Posted on: 14 Feb, 2018

फागुन २, काठमाडौँ | नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल विश्वकप छनोटमा खेल्ने पक्का भएको छ ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाएका थिए । उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप छनोटका लागि पक्का स्थान बनाए-+९** । 

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए।  यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।

खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे। करणले ४३.४ ओभरको खेलपछी चौका र छक्का बर्साए, जुन निकै रोमान्चित रह्यो । 

उनले ४३.४ ओभरको खेलमा चौका हाने । फेरी ४४.० ओभरमा छक्का हाने । फेरी ४६,० मा चौका हाने भने फेरी ४७.४ ओभरमा छक्का हाने । फेरी ४८.४ ओभरको खेलमा पनि छक्का हाने । फेरी ४८.५ ओभरमा चौका हाने र ४९.५ ओभरको खेलमा फेरी छक्का हानेर खेललाई जित नजिक पुर्याए । त्यतिबेलासम्म नेपालसँग जितका लागि थप २ रन आवश्यक थियो । लगत्तै नेपालले अन्तिम बलमा २ रन लिएर नेपाललाई रोमान्चित जित दिलायो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!