धनगढी प्रीमियर लिगमा अर्घाखाँचीका दुई खेलाडी एक एक लाखमा खरिद

Posted on: 22 Feb, 2018

फाल्गुन १०, अर्घाखाँची | गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। अक्सनमा अर्घाखाँचीका  खेलाडी  शौरभ खनाललाई  बिराटनगर किङ्स र बिक्रमकुमार भुसाललाइ रुपन्देही च्यालेन्जर्सले समान एक एक लाखमा खरिद गरेको छ ।

नेपाली क्रीकेट जगतमा उदयमान खेलाडी सौरभ खनाल  र बिक्रम भुसाल अर्घाखाँची जिल्लाको साबिक खन गाबिस र हाल मालारानी गाउँपालिकामा जन्मिएका हुन ।

लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ जना खेलाडी खरिद गरे। राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा सहभागी हुन कुल १९२ जनाले आबेदन दिएका थिए भने १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो।

बिराटनगर किंग्सले १ लाख २० हजार रुपैयाँमा पृथु बास्कोटालाई तथा पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलिप नाथ र अनिल साहलाई समान १ लाख रुपैयाँमा खरिद गरेको हो।

रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारमा किन्दा, बिक्रम भुसाल, सुशन भारि र सिद्धान्त लोहनीलाई १ लाख खर्च्यो। यस्तै जितेन्द्र मुखियाले ९० हजार तथा प्रदिप ऐरीले ८० हजार मुल्यमा बिक्री भए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!