विश्वकप छनोट खेल: नेपालले पायो अहिलेसम्मकै ठूलो लक्ष्य

Posted on: 04 Mar, 2018

फागुन २०, काठमाडौं । विश्वकप छनोट खेलको पहिलो खेलमा आज जिम्बाब्वेले नेपाललाई अहिलेसम्मकै ठूलो ३८१ रनको लक्ष्य दिएको छ ।

२००९ बाट सुरु भएको विश्वकप छनोटमा यो स्कोर सबैभन्दा ठूलो हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको लक्ष्य दिएको थियो । 

टस जितेर पहिले ब्याटिग गरेको जिम्वावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाएको हो । 

घरेलु टोली जिम्बावेका लागि सिकन्दर राजाले १२३ रन बनाए  । त्यस्तै ब्रेन्डन टेलरले  १०० रन बनाए  । केमास झुवाले २३ बलमा ४१ रन बनाए  भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!