विश्वकप क्रिकेट छनोट: नेपालले टस जितेर ब्याटिङ गर्दै

Posted on: 08 Mar, 2018

फागुन २४, काठमाडौँ  | आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । 

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । 

यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेहोरेको थियो । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्ड दुवै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने अंकविहीन रहेको नेपाल पुछारमा छ । 

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । यो स्कटल्याण्डको तेस्रो खेल हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!