विश्वकप छनौटमा नेपालको दोश्रो हार, स्कटल्याण्ड ४ विकेटले बिजयी

Posted on: 08 Mar, 2018

फागुन २४, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसँग पराजय भोगेको छ । १५० रनको लक्ष्य दिएको नेपालले निकै उत्कृष्ट फिल्डिंगको बाबजुत पनि पराजय भोग्नु पर्यो । नेपालले दिएको लक्ष्य भेट्न स्कटल्याण्डले कडा मेहनत गर्नु परेको थियो । 

खेलमा स्कटल्याण्डले १५३ रन हान्दै ४ विकेटले नेपाललाई पराजित गर्न सफल बनेको हो । नेपालका लागि सन्दिप लामिछाने तथा बसन्त रेग्मीलेले दुई/दुई, ललित राजबंशी र दिपेन्द्र सिङ एरीले एकएक विकेट लिएका थिए । 

नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले । काइल बाहेक सबै खेलाडीलाई नेपालले सहजै पतन गराएको थियो । 

पहिले ब्याटिंग गरेको नेपालका लागि पारस खड्काले सर्वाधिक ६३ रन हाने भने बसन्त रेग्मीले अविजित २४ रन दिए ।  नेपालका बाँकी खेलाडीले २० रन कटाउन सकेनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!