विश्वकप छनोटः नेपालको लगातार तेश्रो हार, सुपर सिक्सको सम्भावना अझै छ ?

Posted on: 10 Mar, 2018

फागुन २६, काठमाडौँ | विश्वकप छनौट खेल अन्तरगत आज भएको समूह चरणको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । 

नेपालले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरको खेलमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । अफगानिस्तानलाई जीत दिलाउन नजिबुल्लाह जाडरानले सर्वाधिक  ५२ रनको योगदान दिए भने रहमत शाहले ४६ रनको योगदान दिए ।

त्यस्तै मोहमद नाबीले ३४ तथा जाभेद अहमदीले २६ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरले २ तथा सन्दीपल लामिछाने तथा करण केसीले १–१ रविकेट लिए ।

यसअघि नेपालले सबै विकेट गुमाएर १ सय ९४ रन बनायो । टस जितेर ब्याटिङ थालेको नेपालले नेपालले १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । 

कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । २६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू पारे ।

कप्तान पारस खड्का सर्वाधिक ७५ रनमा पभेलियन फर्किए । त्यसपछि नेपालका खेलाडीहरु फराकिलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी ३२ र आरिफ शेख २३ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । 

अफगानिस्तानका लागि नाबीले सर्वाधिक ४ विकेट लिए भने रसिद खानले ३ विकेट लिएका थिए ।

सुपर सिक्सको सम्भावना अझै छ ?

आज भईरहेको अर्को खेलमा हङकङ र जिम्बाब्वे बीच प्रतिष्पर्धा हुँदैछ । खेलमा हंगकंग हार्ने निश्चित छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।

हङकङ र अफगानिस्तानको समान २/२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरा पुग्ने टोली तय हुनेछ ।

तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । यदी नेपाल हार्‍यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!