प्रथम मेयर कप क्रिकेटको दोस्रो दिन ५ खेल सकिए

Posted on: 11 Mar, 2018

कमल रावल | फागुन २७, अछाम | अछामको बडसैन क्रिकेट मैदानमा जारी प्रथम मेयर कप क्रिेकट प्रतियोगिताको दोस्रो दिन ५ टिम बिजयी भएका छन । पहीलो खेलमा टिकापुर बजार बिकास समितीले महेन्द्र मावि बयालपाटालाई ९ विकेटले पराजित गरेको छ । 

ट्स जितेर पहीले ब्याटिँग गरेको बयालपाटाले निर्धारित १२ ओभरमा सबै बिकेट गुमाएर ५६ रन जोडेको थियो । जवाफमा टिकापुरले मात्र ४ ओभरमा १ बिकेट गुमाएर ५७ रन जोड्दै जित हासिल गरेको थियो । दोस्रो खेलमा सिवाईसि अत्तरियाले बान्नीगढी जयगढ गाउपालिकालाई ५८ रनले पराजित गरेको छ । ट्स जितेर अत्तरियाले पहीलो ब्याटिँग गर्दै १२ ओभरमा १ सय १७ रन जोडेको थियो । जवाफान जयगढले १० ओभरमा सबै बिकेट गुमाउदै ५९ रनमात्र जोड्न सक्यो । 

तेस्रो खेलमा साफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेविलाई वडा नम्बर ३ सिद्धेश्वरले पराजित गरेको थियो । चौथो खेलमा दिपक युवा क्लब कालिकालाई त्रिपुरा युवा क्लब श्रीकोट्ले पराजित गरेको छ भने आईतबारको अन्तिम तथा पाचौँ खेलमा मंगलसेन नगरपालिकाले साफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौैँलाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर मंगलसेन नगरपालिकाले फिल्डीस रोजेपछी मष्टामाण्डौँले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो जवाफमा मंगलसेनले ९ ओभरमा मात्र १ विकेट गुमाएर जित हासिल गरेको थियो । 

प्रतियोगिताको तेस्रो दिन सोमबार ५ खेल हुने आयोजक कमिटीका अनिल कुवरले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!