यदी आज नेदरल्याण्डद्वारा हंगकंग पराजित भए नेपाली क्रिकेटले नयाँ इतिहाँस रच्दै !

Posted on: 15 Mar, 2018

चैत १, काठमाडौँ | आजको खेलमा दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले क्रिकेटका पहिलो पटक अर्को इतिहाँस रच्दैछ । विश्वकप छनेाटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेपछि अब ओडीआई मान्यताको लागि नेदरल्याण्ड र हंगकंग बीचको खेल कुर्नुपर्ने भएको छ ।  

नेदरल्याण्ड र हंगकंग अहिले खेलीरहेका छन् । यदी आजको खेलमा नेदरल्याण्डलाई हङकङले जित्यो भने पनि सातौं स्थानका लागि नेपाल र हङकङबीच अर्को खेल हुनेछ र त्यो खेल जसले जित्छ त्यो टोलीले एकदिवसीय मान्यता पाउनेछ ।

आजको खेलपछी रेस्ट गर्दै नेपाली खेलाडीहरु: तश्विर: आइसिसि 

पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा पनि गरे । 

आजको खेलमा नेपालले सुरुवात नराम्रो गरेपनि खेल २३ ओभरमै रोक्न सफल बन्यो । खेलको सुरुवातमा १३ रन जोड्दा दुबै ओपनर आउट भए भने मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमै आउट भए । नेपालले थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि २० रन बनाएर आउट भए ।

तर, त्यसलगत्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेख मिलेर ६७ रनको साझेदारी गर्दै जित सुनिस्चित पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए भने ऐरी ५० रनमा अविजित रहे ।

नेपालसँगको खराव पर्दर्शनसंगै पपुवा न्यूगिनीले ओडीआई स्टाटस गुमाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!