पत्रकार महासंघ र फुटबल संघबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

Posted on: 18 Mar, 2018

ताराबहादुर महत/चैत्र ४, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखा र दोलखा जिल्ला फुटबल संघबिच शनिबार सदरमुकाम चरिकोटमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।


‘दोलखाको खेलुकद विकासमा हामी सँगसँगै’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघलाई ३ का विरुद्ध ७ गोल प्रहार गर्दै दोलखा जिल्ला फुटबल संघ प्रतियोगिताको बिजेता बन्न सफल भएको छ । जिल्लामा खेलकुदको विकासमा लागि पत्रकार महासंघ पनि आवश्यक सहयोगका लागि तत्पर रहेको सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गरिएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाले बताउनुभयो । 

मैत्रीपुर्ण खेलकुद प्रतियोगितालाई निरन्तरता दिईने दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनु भएको छ । प्रतियोगितामा बिजेता र सहभागि खेलाडीहरुलाई भिमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, रणभिम गण चरिकोटका प्रमुख झविन्द्र रेश्मीले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!