खोटाङमा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

Posted on: 18 Mar, 2018

चिसाङ शेर्पा/चैत्र ४, खोटाङ | खोटाङमा पहिलोपटक ‘उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता’ हुने भएको छ । ‘महिला हिंसा अन्त्य गरौं आर्दश पुरुष बनांै, खेलकुदको माध्यमबाट स्वास्थ्य शारारिक हामी एकता–हरेक क्षेत्रमा नारीको सहभागिता’ भन्ने नाराका साथमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम भञ्ज्याङस्थित कृष्णराम राई, मोतिप्रसाद राई रंगशालामा चैत्र अन्तिम साताबाट महिला फुटबल प्रतियोगिता हुने भएको हो ।


हलेसी तुवाचुङ नगरपालिकाको सहकार्य तथा साकेला सिली फुटबल क्लब दुर्छिमको आयोजनामा आगामी चैत्र २७ देखी ३० गतेसम्म हुने प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाका महिला टिमको सहभागिता रहने छ । 

खेलकुदको माध्यमबाट महिला क्षमता बृद्धिमा सहयोग पुग्ने हेतुले आयोजना गरिएको खेलका बिजयी प्रथम टिमले ४० हजार, दोश्रो टिमले २० हजार, तेश्रो टिमले १० हजार र सान्त्वना टिमले ५ हजारका साथमा ट्रफि, मेडल, प्रमाणपत्र पाउने छन् । हाई स्कोर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई २÷२ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने साकेला सिली फुटबल क्लब दुर्छिमका अध्यक्ष कमल चाम्लिङले जानकारी दिए ।  

यस्तै, गोल्डकपकै अवसरमा नगरपालिकाभित्रका विद्धालयबाट २०७४ सालमा एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उतिर्ण हुने एकजना महिला विधार्थीलाई ५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ  । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!