क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई प्रधानमन्त्रीको साथ

Posted on: 30 Mar, 2018

चैत १६, काठमाडौँ | क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका सामाजिक अभियान्ता तथा हास्य कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट-वार्ता भएको छ ।

शुक्रबार साँझ बालुवाटारमा भएको झन्डै एक घन्टा लामो कुराकानीमा प्रधानमन्त्रीले धुर्मुस-सुन्तलीलाई क्रिकेट रङ्गशाला निर्माण अभियानमा अघि बढ्न आग्रह गर्दै सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री ओलीले धुर्मुसलाई सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!