आइपीएलको पहिलो खेलमा ब्राबोले धमाकेदार रन जोडिदिँदा चेन्नईद्वारा मुम्बई पराजित

Posted on: 08 Apr, 2018

चैत २६, काठमाडौँ | आईपीएल ११ को पहिलो खेलमा मुम्बई इंडियंस चेन्नईद्वारा मुम्बई १ विकेटले पराजित भएको छ । खेलमा मुम्बईले दिएको १६६ रनको लक्ष्य अन्तिम ओभरको १ बल बाँकी छंदा पुरा गर्दै चेन्नईले मुम्बईलाई पराजित गरेको हो ।

१८ औं ओभर खेल्दासम्म सातौँ विकेट गिरिसकेको अवस्थामा चेन्नईले जम्मा १३९ रन बनाएको थियो । ड्वेन ब्रावोले त्यतिबेलासम्म ४८ रन बनाएका थिए । तर ३० बलमा ६५ रन बनाएर ब्राबोले खेललाई प्रतिष्पर्धाको दौडसम्म पुर्याएर आउट भए 

खेलमा ब्राबोले ७ छक्का र ५ चौका हाने । जितको नजिक रहँदा पनि अन्तिम ओभरको सुरुवाती रन चेन्नईका लागि तनावपूर्ण रह्यो तर चौथो बलमा छक्का हान्दै पाँचौं बलमा चौका हानेपछि अन्तिम ओवरमा केदार ज्यादवको छक्का-चौकाले चेन्नईले मुम्बईलाई पराजित गर्न सफल भयो । खेलमा ब्राबोनै म्यान अफ द म्याच घोषित भए । 

यस अघिको इनिंगमा ब्याटिङ सम्हालेको मुम्बईले ४ विकेटको क्षेतीमा १६५ रन बनाएको थियो । जसको लागि सूर्यकुमार यादवले २९ बलमा सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै क्रुनाल पाण्डेले २२ बलमा ४१ रन जोड्न सफल भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!