सन्दिप लामिछानेको टिम पन्जावद्वारा पराजित, केएल राहुलले राखे आईपीएलमा नयाँ रेकर्ड !

Posted on: 08 Apr, 2018

चैत २५, काठमाडौँ | आईपीएल ११ को दोश्रो खेलमा किंग्स इलाभेन्स पंजावले दिल्ली डेयरडेवल्सलाई ६ विकेटले पराजित गरेको छ । खेलमा दिल्लीले दिएको १६७ रनको लक्ष्य १८.५ ओभरको खेलमा पुरा गर्दै पन्जाबले दिल्लीलाई पराजित गरेको हो ।

दिल्लीले दिएको लक्ष्यलाई समेट्ने क्रममा पंजावले सुरुवाती खेल निकै उत्साहपूर्ण खेल्यो । सुरुमा खेलेका केएल राहुलले १४ बलमै अर्ध सतक हानेर आइपीएल इतिहाँसमा रेकर्ड राखे । उनैको उत्कृष्ण योगफलमा हौसिएर खेलेको पंजावले ७ बल छँदै खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । पन्जाबको लागि करुण नायरले ५० रन बनाएका थिए ।  


यस अघि पन्जाबलाई लक्ष्य दिने क्रममा दिल्लीका लागि क्याप्टेन गौतम गम्भीरले सर्वाधिक ५५ रन बनाएका थिए । तर यो स्कोर अन्य खेलाडीहरुले २८ रन भन्दा बढी बनाउन सकेनन्  । 

आजको यो खेललाई नेपाली क्रिकेट प्रेमीले निकै महत्वका साथ लिएका थिए । किनकी नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्समा आवद्ध छन् । सन्दिप आजको खेलमा प्लेइङ ११ मा भने परेनन् ।

१७ वर्षकै उमेरमा क्रिकेटमा जमिसकेका सन्दिपलाई दिल्लीले निकै महत्व दिएपनि आजको खेलमा खेलाएन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!