सुनिल नारायणको १९ बलमै अर्धसतक: कोलकाताद्वारा बिराट कोहलीको टिम RCB पराजित

Posted on: 08 Apr, 2018

चैत २५, कथाम्द्नु | आइपिएल क्रिकेट अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइटराइडरद्वारा रोयल च्यालेन्जर्स ब्यांग्लोर ४ विकेटले पराजित भएको छ । 

खेलमा पहिले ब्याटिङ सम्हालेको ब्यांग्लोरले २० ओभरको खेल खेल्दै कालकातालाई १७७ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कोलकाताले १८.५ ओभरको खेलमा पुरा गर्दै बिराट कोहलीको कप्तानीमा रहेको टिम रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई पराजित गरेको हो । 


१७७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा ब्यांग्लोरका लागि एबी डीवीलियर्सले सर्वाधिक ४४ रन बनाए भने ब्रैन्डन मेकुलमले ४३ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले ३१ रन बनाए बहने मन्दिप सिंहले ३७ रन बनाए । बाँकी खेलाडीलाले फराकिलो रनस्कोर जोड्न सकेनन् । खेलमा ब्यांग्लोरलाई रोक्ने क्रममा केकेआरका नीतीश राणाले लगातार दुई बलमा डिविलयर्स र कोहलीको विकेट लिएका थिए ।

खेलमा ब्यांग्लोरले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा कलकाता नाइट राइडरका सुनिल नारायणले धमाकेदार स्कोर जोड्दै अर्ध सतक बनाएर आउट भए । ओपनर ब्याट्सम्यानको रुपमा आएका सुनील नारायणले १९ बलमा  ४ चौका र ५ छक्का हानेका थिए । त्यस्तै नितिस रानाले २५ बलमा ३४ रन जोडे भने दिनेश कार्तिकले नट आउट ३५ रन जोडेर कोलकातालाई जित दिलाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!