बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताबाट ग्वाल्लेक बाहिरियो

Posted on: 09 Apr, 2018

चैत २६ बैतडी | ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ(बिडिसिए) कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । 

निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा आज टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य एक दशमलव पाँच ओभरमा बिना विकेट पुरा ग¥यो । दश विकेटको हारसँगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको हो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । 

बलिङ्तर्फ खोड्पेका लागि दीपेन्द्र ऐरी र रुपेश ऐेरीले तीन÷तीन विकेट लिए । 

यसअघि खोड्पेका लागि म्यान अफ द म्याच दीपेन्द्र ऐरीले अविजित ३६ रन बनाउँदै आफ्नो टिमलाई १० विकेटको ठूलो जित दिलाएका थिए । 

यसैगरी, बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबले कैलपाल क्रिकेट क्लबलाई दुई विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको कैलपालले नौ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजय लक्ष्य त्रिपुराले १७ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । त्रिपुराका लागि कप्तान वीरेन्द्र रानाले ३६ रन बनाए । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा आइतबारदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!