IPL-11: सन्दिप लामिछानेको टिमलाई फेरी अर्को झड्का, १० रनले राजस्थानको जित

Posted on: 12 Apr, 2018

चैत २९, काठमाडौँ | राजस्थान रोयल्सले बुधवार भएको बर्षाद्वारा प्रभावित म्याचमा दिल्ली डेयरडेविल्सलाई डकवर्थ लुईस पद्धतिको आधारमा १० रनले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले १७.५ ओभरको खेलमा ५ विकेट गुमाई १५३ रन बनाएको थियो | त्यतिबेलासम्म खेलमा राजस्थानले १७.५ ओभरको खेलमा ५ विकेट गुमाई १५३ रन बनाएको थियो । उसका लागि अजिंक्य रहानेले सर्वाधिक ४५ रन बनाए भने उनि पछी सर्वाधिक रन बनाउनेमा सन्जु सेमसनको नाम आयो | उनले ३७ रन जोडेका थिए | तर बर्षाको कारण खेल प्रभावित बनेपछि दिल्लीले ६ ओभरमा ७१ रनको संशोधित लक्ष्य पायो |


त्यस पछी दिल्ली डेयरडेविल्सले ६ ओभरमा ४ विकेट गुमाई ६० रन मात्र बनाउन सक्दा म्याच राजस्थान रोयल्सको हातमा गयो | ६० रन बनाउने क्रममा दिल्ली पहिलो ओभरको सुरुवातमा १ रन मात्र बनाउँदा विकेट गुमाउन पुग्यो | पहिलो विकेटको रुपमा कलिन मुनरो आउट भएका थिए | त्यसपछी ग्लेन म्याक्सवेल र ऋषभ पन्तले केहि राम्रो शट खेलेर आफ्नो टीमलाई जितको आशा गर्ने अवस्थामा पुर्याए, तर राजस्थानको कडा बलिङका कारण दिल्ली दवाबमा पर्यो र लगातार विकेट गिर्न थाल्यो । राजस्थानको लागि उनादकटले २ र लाफ्लिनले १ विकेट लिए । 



दिल्लीका गौतम गंभीरले टस जितेर फिल्ड रोजे 

दिल्ली डेयरडेविल्सका कप्तान गौतम गंभीरले टस जितेर फिल्ड रोजेको थियो | यस अघि हारेको दुवै टिमले आजको खेलमा जित्नु महत्वपूर्ण थियो तर दिल्लीले जित दिलाउन सकेन | दिल्लीले आजको खेलमा दुई बदलाव गरेको थियो | उसले लेग स्पिनर अमित मिश्र र डेनियल क्रिस्टियनलाई टिम बाट बाहिर निकालेर आजको खेल खेलेको थियो, जसको ठाउँमा ग्लेन म्याक्सवेल र शाहबाज नदीम टिममा छिराएको थियो | 

नेपाली खेलाडी सन्दिप लामिछानेलाई टिममा घुसाएको कारण धेरै नेपालीहरु दिल्लीको सपोर्टमा छन् तर लगातार दोश्रो खेलमा हार्दा नेपाली समर्थकहरु दिल्लीसँगै निराश बनेका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!